Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले गर्यो एमालेमा गएका १४ जनप्रतिनिधिलाई कारबाही

माओवादी केन्द्रले गर्यो एमालेमा गएका १४ जनप्रतिनिधिलाई कारबाही

  • सोमवार, आषाढ ७ २०७८

  • 924
    SHARES

  • माओवादी केन्द्रले गर्यो एमालेमा गएका १४ जनप्रतिनिधिलाई कारबाही

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले) प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गरेको छ तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका तर, पछिल्लो समय एमालेमा प्रवेश गरेका उनीहरूलाई आज बसेको केन्द्रीय समिति बैठकले कारबाही गरेको हो ।

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल रुपमा भएको थियो । आज बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नु भएको छ । बैठकले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई कारबाही पर्दै माओवादीबाट निष्कासन गरेको छ ।

    यस्तै, रौतहटको देवाही गोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साहलाई पनि कारबाही गरिएको केन्द्रीय सदस्य रापदीप आचार्यले बताउनुभयो ।

    यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह, सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास तातीलाई पनि कारबाही गरिएको छ । उनीहरु माओवादीमा नरहेको जानकारी निवार्चन आयोगलाई दिने तयारी भएको केन्द्रीय सदस्य आचार्यले बताउनु भएको छ ।

    यसअघि सो पार्टीले पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाए पनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय लिएको थिएन ।

    आजको बैठकले स्थानीय तहका साथै पार्टी छोडेका केन्द्रीय तहका नेताहरुका बारेमा पनि कारवाहीको प्रस्तावलाई अनुमोदन गरेको छ ।

    यसअघि शुक्रबार नेताहरु लीलामणि पोखरेल, देव गुरुङलगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरे पनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।


    सोमवार, आषाढ ७ २०७८१२:३६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij