काठमाडौं । नेपाल टेलिकम (एनटिसी)को मोबाइल फोन सेवा अवरुद्ध भएको छ। बुधबार विहानैदेखि देशभर एनिटीसीका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको छैन।
टेलिमकमका अनुसार प्राविधिक समस्या देखिएकाले फोन नलाग्ने भएको हो । एनसेलका नम्बर र ल्याण्डलाइन बाट समेत एनटिसीका नम्बरमा फोन लागेको छैन।
एनटीसीबाट एनसेलका नम्बरमा भने फोन गइरहेको छ। एनटिसीको मोबाइल नलाग्दा सेवाग्राही समस्यामा परेका छन्।
समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकम कार्यालयले जनाएको छ ।