Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
जसपा :

आफू पक्षीय नेताहरुसँग छलफल गर्दै ठाकुर समूह, यस्तो छ छलफलको विषय

आफू पक्षीय नेताहरुसँग छलफल गर्दै ठाकुर समूह, यस्तो छ छलफलको विषय

  • बिहिवार, आषाढ १० २०७८

  • 1.0K
    SHARES

  • आफू पक्षीय नेताहरुसँग छलफल गर्दै ठाकुर समूह, यस्तो छ छलफलको विषय

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहको बैठक आज बस्दै छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफू पक्षीय नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

    दिउँसो १ बजे बबरमहलमा उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागेका छन् । सर्वोच्चको अन्तरिम आदेशपछि अब अगाडि कसरी बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

    सर्वोच्च अदालतको अन्तरिम आदेशपछि जसपाका दुई राज्यमन्त्री र ९ जना मन्त्रीको पद गएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब कसरी सहकार्य गर्ने र पार्टीको आन्तरिक विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आज छलफल हुने बताइएको छ ।

    जसपामा ओली सरकारमा जाने कि नजाने भन्नेमा विवाद थियो । अध्यक्ष ठाकुर समूह सरकारमा गएको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनतर्फ लागेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका लागि अगाडि सार्दै हस्ताक्षर गरेका थिए ।
    अध्यक्षद्वय ठाकुर र यादवले एकअर्कालाई कारबाहीसमेत गरेका थिए ।

    तर निर्वाचन आयोगले ठाकुर र यादव दुबै पक्षको कारवाहीलाई कार्यान्वयनमा ल्याएको छैन ।

     


    बिहिवार, आषाढ १० २०७८१२:४१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij