काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका कर्णालीका तीनजना प्रदेश सांसद फेरि निलम्बनमा परेका छन् ।
माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका चार प्रदेश सांसदमध्ये तीनजना फेरि निलम्बनमा परेका हुन्
प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले निर्णय गरेअनुसार भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बूढा र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई निललम्बन गरिएको जनाएको छ ।
यसअघि पनि तीन मन्त्रीसहित पूर्वमन्त्री प्रकाश ज्वालालाई सांसदबाट निलम्बन गर्दा सर्वोच्चकोे अन्तरिम आदेशले पुनर्बहाली गरिदिएको थियो ।
सरकारका तीनजना एमाले मन्त्री फिर्ता नआएको भन्दै बजेटमाथिको छलफल गर्नुपर्ने बेला एमालेले प्रदेशसभाका बैठक अबरुद्ध गर्दे आएको छ ।