Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपटेड

पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा संक्रमण, ४२ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा संक्रमण, ४२ को मृत्यु

  • सोमवार, आषाढ १४ २०७८

  • 653
    SHARES

  • पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा संक्रमण, ४२ को मृत्यु

    काठमाडौँँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६४८ जनाको पीसीआर परीक्षणबाट १ हजार ५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी जम्मा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका मध्ये काठमाडौं जिल्लामा ३५५, भक्तपुरमा ४७ र ललितपुरमा ११२ गरी काठमाडौं उपत्यकामा ५१४ जना संक्रमित रहेका छन्।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

    सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ८५३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६४० जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ९ हजार ६२८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ ।

     


    सोमवार, आषाढ १४ २०७८०५:१३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij