Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

आज पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

  • बुधवार, आषाढ १६ २०७८

  • 1.6K
    SHARES

  • आज  पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण तथा एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भू–भाग र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू(भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले बुधबार बिहान देशभर मौसम बदली रहेको छ।

    प्रदेश १, प्रदेश २‚ बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षा तथा एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ ।

    बुधबार रातित देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षा तथा एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ।

    देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ।

    विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बुधबार मध्याह्नदेखि मनसुन थप सक्रिय भई देशको पूर्वी तथा मध्य भू–भागहरूमा वर्षा हुने सम्भावना देखिएको बताउनुभएको छ ।

    उहाँका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश भागमा भीषण वर्षा गराउन सक्छ। यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न र आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।


    बुधवार, आषाढ १६ २०७८०६:३२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij