Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महिनावारी भएको बेला यौन सम्पर्क गर्नुहुन्छ वा हुँदैन ?

महिनावारी भएको बेला यौन सम्पर्क गर्नुहुन्छ वा हुँदैन ?

  • बिहिवार, आषाढ १८ २०७७

  • 1.6K
    SHARES

  • महिनावारी भएको बेला यौन सम्पर्क गर्नुहुन्छ वा हुँदैन ?

    मासिक स्रावको बेला यौन सम्पर्क गर्नुहुन्छ वा हुँदैन ? यसमा सबैको धारणा एकनास छैन । कतिपयले मासिक स्रावको बेला गरिने यौन सम्पर्क अरू आनन्ददायक र सुरक्षित हुने तर्क गर्छन् । कतिपयले यस अवस्थामा यौन सम्पर्क गर्नै नहुने तर्क पनि गर्छन् ।

    उनीहरूको भनाइअनुसार मासिक स्रावको बखत त्यसै पनि महिलाहरू पीडाको अवस्थामा हुन्छन् । यौन सम्पर्क गर्ने मुड हुँदैन । अक्सर यस्तो अवस्थामा पुरुषले एकतर्फी रुपमा इच्छा गरेर मात्र यौन सम्पर्क स्थापित हुने बताइन्छ । त्यसो त मासिक स्रावको बेला गरिने यौन सम्पर्क सुरक्षित हुन्छ भन्ने कुरामा पनि एकमत छैन । मासिक स्रावको अवस्थामा गरिने यौन सम्पर्कमा यदाकदा गर्भ रहने सम्भावना समेत रहन्छ ।

    यद्यपि दुवैको रुचि छ भने यौन सम्बन्ध राख्नै नहुने होइन । रक्तश्रावको कारण समस्या हुनु बेग्लै कुरा हो । तर चिकित्सकीय हिसाबले मासिक श्रावको बेला यौन सम्बन्ध राख्दा कुनै बेफाइदा हुँदैन।

    मासिक श्रावको बेला महिलाहरूमा मानसिक तथा शारीरिक पीडा हुन सक्छ । यसले उनीहरूमा तनाव बढाउँछ। अर्कोतिर मासिक श्रावको बेला महिलाको शरीरमा टेस्टोस्टेरोन हर्मोन धेरै बढ्छ । यसले यौनमा रुचि जगाउन सक्छ । अतः महिलाको तनाव कम गर्न र यौन रुचि पूरा गर्न यौनसम्पर्क गर्नु राम्रो हो भन्ने एकथरीको तर्क छ ।

    यदि श्रीमान् र श्रीमती दुवैको रुचि भएमा यौन सम्पर्कका लागि कुनै समस्या हुँदैन । यद्यपि एकतर्फी इच्छाअनुसार यौन सम्पर्क गर्नु उचित हुँदैन ।

    मासिक श्रावको बेला यौन सम्बन्ध राख्नु यसकारण ठिक हुन्न कि त्यसबेला महिलाहरूमा शारीरिक पीडा बढी हुन्छ । झर्को लाग्ने, कम्मर दुख्ने समस्या धेरैमा हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध राख्ने इच्छा सायदै जाग्छ । पार्टनरको रुचिविना यौनसम्बन्ध राख्नु त्यति राम्रो हुँदैन ।

    संक्रमणको भय

    निश्चय पनि मासिक श्रावको बेला यौनसम्पर्क राख्दा सेक्सुअल ट्रान्समिटेड इन्फेक्सनको खतरा हुन्छ। यो दुवै पार्टनरमा फैलिन सक्छ। यसबाट बच्ने उपाय हो, कन्डोम। यदि कन्डोम लगाएर यौन सम्बन्ध राखिन्छ भने त्यो निकै सुरक्षित हुन सक्छ।

    मासिक श्रावको बेला गर्भाशयको मुखद्वार खुला हुने भएकाले एचआइभी वा हेपटाइटिस जस्ता रोगको खतरा पनि हुन्छ । योनीको पीएच लेभलमा परिवर्तन हुने भएकाले महिलामा व्याक्टेरियल इन्फेक्सन हुने सम्भावना रहन्छ ।


    बिहिवार, आषाढ १८ २०७७१०:२५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij