Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालबालिका र वृद्धवृद्धालाई दुःख दिएर गृह मन्त्रालयले जात्रा देखायोः गोकुल बास्कोटा

बालबालिका र वृद्धवृद्धालाई दुःख दिएर गृह मन्त्रालयले जात्रा देखायोः गोकुल बास्कोटा

  • आइतवार, श्रावण ११ २०७७

  • 813
    SHARES

  • बालबालिका र वृद्धवृद्धालाई  दुःख दिएर गृह मन्त्रालयले जात्रा देखायोः गोकुल बास्कोटा

    काठमाडौं । पूर्वमन्त्री गोकुल बास्कोटाले यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गर्नुभएको छ । हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ छ ।

    उहाँले यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भन्दै आलोचना गर्नुभएको छ । बास्कोटाले ट्वीटरमा गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्काे बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? भन्दै प्रश्न गर्नुभएको छ ।

    सरकारले लकडाउन अन्त्य गरेसँगै जिल्लाभित्र सार्वजनिक गाडीहरु चल्न थालेका छन् । तर, एक जिल्लाको सिमाना सकिएर अर्को जिल्लाको सिमाना सुरु हुँदा यात्रुहरु पैदल हिँडेर सीमा पार गरी अर्काे गाडीमा चढ्ने गरेका छन् ।


    आइतवार, श्रावण ११ २०७७१२:१३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij