Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज साउने संक्रान्ति मनाइँदै

आज साउने संक्रान्ति मनाइँदै

  • शुक्रवार, श्रावण १ २०७८

  • 1.2K
    SHARES

  • आज साउने संक्रान्ति मनाइँदै

    काठमडौं । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज(शुक्रबार) देशभर साउने संक्रान्तिका रुपमा मनाइँदैछ।

    साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ मा सुरु हुने उत्तरायण र साउन १ देखि सुरु हुने दक्षिणायन हुने दिनलाई विशेष रुपमा मनाइन्छ।

    अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो ।

    एक महिना काम गर्ने किसान साउन १ मा आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

    लुतो फाल्दो आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ।

    साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताउनुभयो ।

    साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ।


    शुक्रवार, श्रावण १ २०७८०६:३०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij