Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१८७५ संक्रमित थपिए, २१ जनाको मृत्यु

१८७५ संक्रमित थपिए, २१ जनाको मृत्यु

  • शनिवार, श्रावण २ २०७८

  • 1.1K
    SHARES

  • १८७५ संक्रमित थपिए, २१ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् ।

    यस्तै देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ।

    हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ ।

    पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।


    शनिवार, श्रावण २ २०७८०५:२२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij