Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गगनको आग्रह– ‘बालुवाटारमा पार्टीको बैठक नराख्नुहोस्’, देउवाको जवाफ– ‘अबदेखि राख्दिन’

गगनको आग्रह– ‘बालुवाटारमा पार्टीको बैठक नराख्नुहोस्’, देउवाको जवाफ– ‘अबदेखि राख्दिन’

  • सोमवार, श्रावण ४ २०७८

  • 1.3K
    SHARES

  • गगनको आग्रह– ‘बालुवाटारमा पार्टीको बैठक नराख्नुहोस्’, देउवाको जवाफ– ‘अबदेखि राख्दिन’

    काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गर्नुभएको छ । आफूहरुले पार्टीका कामहरु बलुवाटारबाट नगर्न प्रधानमन्त्रीसँग अनुरोध गरेको र त्यसमा उहाँ सकारात्मक रहेको नेता थापाले नेता थापाले आज सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

    ‘‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले ‘पार्टी कार्यालयमा धर्ना भएको कारणले योपटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनुभएको छ’’, थापाले ट्विटरमा लेख्नुभएको छ’, ‘यो विश्वासलाई कायम राखिदिनु होला !’

    प्रधानमन्त्री देउवाले आफू बालुवाटार सरेको भोलिपल्टै कांग्रेस पदाधिकारीको बैठक सरकारी निवासमै बोलाएपछि त्यसको आलोचना भएको थियो । त्यसलाई मध्यनजर गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा सांसदसमेत रहेका थापाले बालुवाटारमा बैठक नराख्न आग्रह गर्नुभएको हो ।

    यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठकदेखि मन्त्रिपरिषद् बैठकसमेत बालुवाटारमै राखेकोमा आलोचना हुँदै आएको थियो ।

    Capture.PNG


    सोमवार, श्रावण ४ २०७८१२:०२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij