Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अहिले ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के निर्णय हुँदैछ ?

अहिले ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के निर्णय हुँदैछ ?

  • सोमवार, श्रावण ४ २०७८

  • 758
    SHARES

  • अहिले ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के निर्णय हुँदैछ ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । देउवाले आज अपरान्हः ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको मन्त्रिपरिषद बैठकले संसद् अधिवेशन अन्त्य गर्ने स्रोतले जनाएको छ ।

    आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवका लागि तीन जनाको नाम अनुमोदन गर्ने बताइएको छ ।

    सोमबार बिहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका तीनजना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।

    बढुवा समितिले १२ औँ तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो ।

    समितिको सिफारिसपछि सम्भवत अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य समूहको सचिवको टुंगो लगाउने स्रोतले जनाएको छ ।

    तत्कालिन स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको पालामा स्वास्थ्य समूहको सचिवको दरबन्दी हटाइएको थियो । त्यसयताको झण्डै साढे तीन बर्ष स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहभन्दा बाहिरका सचिवले काम गरेका थिए ।

    प्रतिस्पर्धामा रहेका तीन जनामध्ये श्रेष्ठको कार्यकाल अब दुई साता मात्रै बाँकी छ । उनी आगामी १७ साउनमा अवकाश हुँदैछन् । डा. पोखरेल र डा सिंहको कार्यकाल भने तीन वर्षभन्दा बढी छ ।

     


    सोमवार, श्रावण ४ २०७८०३:३६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij