काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुग्नुभएको छ । आज बिहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुग्नुभएको थियो । भेटवार्तामा यसअघि गरिएका सम्झौंता पालना गर्नुपर्ने विषयमा छलफल भएको जनाएको छ ।
जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ ।
आज प्रधानमन्त्रीसँगको भेटमा यी दुईबीच यस विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री देउवाले यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा हुनुुहुन्छ । ठाकुर पक्षलाई पनि मन्त्री दिने विषयमा देउवा ठाकुरबीच कुराकानी भएको बुझिएको छ ।
यता, जसपाको उपेन्द्र यादव पक्ष पनि सरकारमा सहभागी हुने बताइएको छ ।