Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन

  • शनिवार, श्रावण ९ २०७८

  • 914
    SHARES

  • आजदेखि  लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन

    काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालनमा आएका छन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आजदेखि लागू हुने गरी मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

    हिजो विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारकाले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो । योसँगै काठमाडौँ उपत्यकाबाट मुलुकका विभिन्न जिल्लाका लागि सञ्चालन हुने यातायात खुलेका छन् ।

    मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार त्रिभूवन विश्वविद्यालय, लोक सेवा आयोगलगायत विभिन्न निकायहरुहबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले विद्यार्थी तथा सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउन आग्रह गरिएअनुसार लामो दूरीको सवारी खुला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

    सर्वसाधारणलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ ।


    शनिवार, श्रावण ९ २०७८०७:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij