Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्थायी कमिटी स्थगित नगरी बहुमतका आधारमा निर्णय गर्दै अघि बढ्ने खुमलटार भेलाको निष्कर्ष

स्थायी कमिटी स्थगित नगरी बहुमतका आधारमा निर्णय गर्दै अघि बढ्ने खुमलटार भेलाको निष्कर्ष

  • सोमवार, श्रावण १२ २०७७

  • 558
    SHARES

  • स्थायी कमिटी स्थगित नगरी बहुमतका आधारमा निर्णय गर्दै अघि बढ्ने खुमलटार भेलाको निष्कर्ष

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय र स्थायी कमिटी सदस्यहरुको भेलाले स्थायी कमिटी बैठक स्थगित नगरी अल्पमत र बहुमतका आधारमा अघि बढ्ने निष्कर्ष निकालेको छ । नेकपाभित्र चर्किएको आन्तरिक विवादमा दुई अध्यक्षबीच सहमति नजुट्दा यसअघि पटक–पटक स्थगित गरिएको स्थायी कमिटी बैठक मंगलबार (भोलि) बोलाइएको छ ।

    सोमबार (आज) बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेलाले बहुमतका आधारमा स्थायी कमिटीबाटै निर्णय गरेर जाने भन्दै अब बैठक रोक्न नदिने निष्कर्ष निकालेको हो ।

    भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासहित केही स्थायी कमिटी नेताहरु सहभागी थिए । तर, उपाध्यक्ष वामदेव गौतम भने भेलामा सहभागी हुनुभएको थिएन ।

    असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक यसअघि पटक–पटक स्थगित भइसकेकाले भोलिको बैठक कुनै पनि हालतमा स्थगित नगर्ने प्रचण्ड–नेपाल समूहले निष्कर्ष निकालेको हो । पार्टीमा सहमति गर्न धेरै प्रयास गरे पनि कुनै निर्णय नभएकाले अल्पमत र बहुमतका आधारमा अघि बढ्ने योजना बनेको बताइएको छ ।

    स्थायी कमिटी बैठक पटकपटक स्थगित गर्दा बाहिर नराम्रो सन्देश जाने भएकाले बैठक छोट्याउने तयारी पनि भएको छ । स्थायी कमिटी बैठक छोट्याएर केन्द्रीय कमिटी बैठक बोलाउने भनिएको छ ।

    यसअघि स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डासहित थप अरु एजेण्डा समेटेर प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ। यसअघि पार्टीमा अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमत हुन नसक्दा प्रतिवेदन पेश हुन सकेको थिएन। अब अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले प्रतिवेदनसमेत पेश गरी पार्टी कमिटीले निर्णय गर्ने बताइएको छ ।


    सोमवार, श्रावण १२ २०७७०१:१६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij