Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन ५० हजार जनामा कोरोना संक्रमण

भारतमा एकैदिन ५० हजार जनामा कोरोना संक्रमण

  • सोमवार, श्रावण १२ २०७७

  • 785
    SHARES

  • भारतमा एकैदिन ५० हजार जनामा कोरोना संक्रमण

    एजेन्सी । भारतमा एकैदिन करिव ५० हजार जना कोरोना संक्रमित थपिएका छन् । त्यहाँको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित भएर ७०८ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन्।

    भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन् । सवैभन्दा धेरै भारतको महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७९९ सङ्क्रमित भएका छन्। त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६०६ जना सङ्क्रमित भएका छन् ।


    सोमवार, श्रावण १२ २०७७०५:००:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij