Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, अब को बन्दैछ नयाँ मुख्यमन्त्री ?

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, अब को बन्दैछ नयाँ मुख्यमन्त्री ?

  • बुधवार, श्रावण २७ २०७८

  • 889
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, अब को बन्दैछ नयाँ मुख्यमन्त्री ?

    काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकरप्रसाद पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केहीबेरअघि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पुगेर राजीनामा दिनुभएको हो ।

    प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

    त्यो त प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमापर्नुभएको थियो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ । उहाँ मुख्यमन्त्री हुने सम्भावना प्रायः निश्चित छ ।

    KulPrasadKC_20201009172301.jpg

    एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
    उहाँ २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

    दोस्रोपटक अल्पमतमा पर्दापर्दै पनि असंवैधानिक ढंगले पोखरेलको नियुक्ति भएको भन्दै विपक्षी दलहरुले बहुमत सिद्ध गर्न वा राजीनामा दिन निरन्तर माग गर्दै आएका थिए । सोहीअनुरुप अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

     


    बुधवार, श्रावण २७ २०७८०१:११:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij