काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौँ उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ भने ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् । जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कमति संक्रमित थपिए?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ६६३, झापामा २२०, कास्कीमा २१६, ललितपुरमा १९२, मोरङमा १५३, भक्तपुरमा १०९ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै सुनसरी र चितवनमा ८०र८० जना, दोलखामा ७७, रुपन्देहीमा ७०, लागलुङमा ६७, नवलपरासी पूर्वमा ६१, नुवाकोटमा ५०, सिन्धुपाल्चोक र बर्दियामा ४४/४४ जना, दाङमा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।