काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरपछि बैठक बोलाइएको छ । प्रधानमन्त्री ओलीले जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहनुभएको छ ।
स्थायी कमिटीका अधिकांश सदस्यहरूले उहाँको राजीनामा मागेका छन् । प्रधानमन्त्री ओली अहिले परामर्शका लागि राष्ट्रपति निवास पुग्नुभएकाले मन्त्रिपरिषद् बैठक किन डाकिएको भन्ने खुलाइएको छैन ।
मन्त्रिपरिषदको बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको हो । प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।