Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अधिकांश स्थानमा आज भीषण वर्षाको सम्भावना

अधिकांश स्थानमा आज भीषण वर्षाको सम्भावना

  • बुधवार, भाद्र २ २०७८

  • 625
    SHARES

  • अधिकांश स्थानमा आज भीषण वर्षाको सम्भावना

    काठमाडौं । आज प्रदेश १, बागमती, गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू(भागको तराई नजिक रहेको छ। पूर्वी भू(भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको महाशाखाले जनाएको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको छ।

    बुधबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

    यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


    बुधवार, भाद्र २ २०७८०७:०७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij