Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

३ हजार ४२ जनामा कोरोना पुष्टि , २६ संक्रमितको मृत्यु

३ हजार ४२ जनामा कोरोना पुष्टि , २६ संक्रमितको मृत्यु

  • शुक्रवार, भाद्र ४ २०७८

  • 649
    SHARES

  • ३ हजार ४२ जनामा कोरोना पुष्टि , २६ संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा २६ जना संक्रमितको मृत्यु र २ हजार २४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५३० जनाको पीसीआर परीक्षणमा २ हजार ७९ र ७ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६३ जनामा संक्रमण पुष्टि भएको छ ।

    आज काठमाडौं उपत्यकामा ८९८ जना संक्रमित थपिएका छन् । जस्मध्ये काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेको छ ।

    हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४५५ पुगेको छ । अहिले देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् ।

     


    शुक्रवार, भाद्र ४ २०७८०५:४८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij