Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२,५२५ संक्रमित थपिए, ३५ जनाको मृत्यु

२,५२५ संक्रमित थपिए, ३५ जनाको मृत्यु

  • मंगलवार, भाद्र ८ २०७८

  • 668
    SHARES

  • २,५२५ संक्रमित थपिए, ३५ जनाको मृत्यु

    काठमाडौँ –पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै ३५ जनाको मृत्यु भएको छ ।

    मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ भने ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् । जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ३६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।


    मंगलवार, भाद्र ८ २०७८०५:२१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij