Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

  • बुधवार, भाद्र ९ २०७८

  • 616
    SHARES

  • आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । मनसुनी वायु सक्रिय रहेका कारण केही दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको महाशाखाको भनाइ छ।प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

    आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

    वर्षासँगै पहाडी भू-भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाइएको छ।

    नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    बुधवार, भाद्र ९ २०७८०७:०५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij