Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महाधिवेशनका लागि निधिले खोले सम्पर्क कार्यालय

महाधिवेशनका लागि निधिले खोले सम्पर्क कार्यालय

  • बिहिवार, भाद्र १० २०७८

  • 768
    SHARES

  • महाधिवेशनका लागि निधिले खोले सम्पर्क कार्यालय

    काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनलाई लक्षित गरी सम्पर्क कार्यालय खोल्नुभएको छ।

    १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएका निधिले नियमित भेटघाट र महाधिवेशनसँग सम्बन्धित गतिविधि गर्नका लागि सम्पर्क कार्यालय खोल्नुभएको हो।

    निधिले नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांकेटमा सम्पर्क कार्यालय राख्नुभएको छ। उहाँले शुक्रबार अपरान्ह सम्पर्क कार्यालय उद्घाटन गर्ने गर्ने तयारी गर्नुभएको छ।

    संस्थापन समूहमा रहेका उपसभापति निधिले सभापतिका लागि लामो समयदेखि तयारी अगाडि बढाउनुभएको छ। उहाँले सभापति शेरबहादुर देउवासँग सहयोगका लागि आग्रह गरिसक्नुभएको छ भने संस्थापनइतर समूहका सभापतिका आकांक्षीसँग पनि निरन्तर संवाद गर्दै आउनुभएको छ।

    सर्वसम्मत उम्मेदवार चयन हुने अवस्था नभए आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने निधिले बताउँदै आउनुभएको छ।


    बिहिवार, भाद्र १० २०७८०५:२७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij