Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

  • शनिवार, भाद्र १२ २०७८

  • 647
    SHARES

  • थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ३७०, ललितपुरमा ११२ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका छन् ।

    त्यस्तै कास्कीमा १२४, सुनसरीमा ११८, झापामा ११५, चितवनमा ११२, मोरङमा ७५, मकवानपुरमा ५८, सुर्खेतमा ४७, रुपन्देहीमा ४२, तनहुँमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

    देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३६ हजार ८६६ रहेको छ । जसमध्ये ३३ हजार ८३५ जना होम आइसोलेसनमा र ३०३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।


    शनिवार, भाद्र १२ २०७८०५:०४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij