Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर १६ सय ६४ संक्रमित थपिए, मृत्यु कति?

देशभर १६ सय ६४ संक्रमित थपिए, मृत्यु कति?

  • मंगलवार, भाद्र १५ २०७८

  • 900
    SHARES

  • देशभर १६ सय ६४ संक्रमित थपिए, मृत्यु कति?

    काठमाडौँ - पछिल्लो २४ घण्टामा मुलुकमा १६६४ जना कोभिड संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २२२ नमुना परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन् ।

    मंगलबार कोभिड –१९ संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । कूल मृत्यु हुने संख्या १० हजार ७५० पुगेको छ । मृत्युदर १.५ प्रतिशत छ ।

    आजसम्म सक्रिय संक्रमित संख्या ३५ हजार ५९१ पुगेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरसहित २० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।


    मंगलबार संक्रमण पुष्टि हुने दर १३.६१ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १७८६ जना डिस्चार्ज भएका छन् । आज संक्रमितभन्दा निको हुने संख्या केही बढी देखिएको छ ।

    होम आइसोलेसनमा ३३ हजार २१४ जना छन् । सघन उपचार कक्षमा ५३७ र भेन्टिलेटरमा १६४ जना बिरामी छन् । संस्थागत आइसोलेसनमा २३७७ जना छन् ।

    कूल संक्रमित संख्या ७ लाख ६२ हजार र कूल निको हुने संख्या ७ लाख १६ हजार छ ।

     


    मंगलवार, भाद्र १५ २०७८०५:२७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij