Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस सभापतिमा एउटै उम्मेदवार दिने पौडेल समूहको घोषणा, देउवालाई आफ्नैबाट चुनौती

कांग्रेस सभापतिमा एउटै उम्मेदवार दिने पौडेल समूहको घोषणा, देउवालाई आफ्नैबाट चुनौती

  • बिहिवार, भाद्र १७ २०७८

  • 1.0K
    SHARES

  • कांग्रेस सभापतिमा एउटै उम्मेदवार दिने पौडेल समूहको घोषणा, देउवालाई आफ्नैबाट चुनौती

    काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया सुरु हुनु ठिक एक दिनअघि वरिष्ठ नेता राम्रचन्द्र पौडेल समूहले आफूहरुको तर्फबाट सभापतिमा एउटै उम्मेदवार बनाएर जाने घोषणा गरेको छ ।

    आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले पार्टी र लोकतन्त्र बचाउन विचार मिल्ने समूहबाट साझा उम्मेद्वारी दिने घोाषणा गर्नुभभो ।

    आपसमा केही खटपट नगरिकन एकताबद्ध भएर पार्टी र लोकतन्त्र बचाउन एक भएर अगाडि बढ्ने उहाँले बताउनुभयो । सभापतिको उम्मेदबार भने केही दिनमा तोक्ने उहाँले बताउनुभयो ।

    संस्थापन इतर समूहबाट सभापतिका लागि वरिष्ठ नेता पौडेलसहित डा. शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह लगायत आकांक्षी छन् ।

    तर उनीहरु मध्ये कसलाई अघि बढाउने भन्ने सहमति जुट्न सकेको छैन । वरिष्ठ नेता पौडेलले आफूलाई अन्तिम पटक मौका दिन गरेको आग्रह नेताहरुले अस्वीकार गरेका छन् ।

    आज आयोजित पत्रकार सम्मेलनमा पौडेलसहित यो समूहका सभापतिका सबै आकांक्षीहरु उपस्थित थिए । त्यसमा गगन थापा र अर्जुननरसिंह केसी पनि देखिएपछि उनीहरुले गुट परिवर्तन गरेको ठानिएको छ ।

    थापा १३ औँ महाधिवेशनमा कृष्ण सिटौला र केसी देउवा नेतृत्वको प्यानलबाट महामन्त्रीमा पराजित भएका नेता हुन् । यी दुई नेताहरुलाई पनि पत्रकार सम्मेलनमा उपस्थित गराएर संस्थापन समूहलाई चुनौती दिन खोजिएको चर्चा कांग्रेसीहरुबीच भइरहेको छ ।

    पौडेल समूहले साझा उम्मेदवारलाई अगाडि सार्ने तयारी गरिरहेका बेला संस्थापन समूहमा भने चिरा परेको छ । लामो समय देउवालाई साथ दिएका नेताहरु विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी घोषणा गरेर देउवालाई नै चुनौती दिएका छन् ।

    श्रेष्ठले आफू संस्थापन समूहबाट साझा उम्मेदवार बन्ने दाबी गर्नुभयो । देउवाले सरकार र आफूले पार्टी सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

    श्रेष्ठ र निधि दुवैले यसपटक देउवाबाट आफूलाई सहयोग प्राप्त हुने आशा व्यक्त गरिरहेका छन् । तर देउवा भने फेरि एकपटक सभापति बन्ने दाउमा छन् ।

    अघिल्लो निर्वाचनमा भोगेको पराजयको अपजस मेटाउन आफ्नै नेतृत्वमा कांग्रेसलाई फेरि एक नम्बर पार्टी बनाउने चाहना उहाँले निकटतम नेताहरुसँग व्यक्ति गरिरहनुभएको छ ।

    तर सभापतिमा उम्मेदवारी दिने अरु नेताहरुको अधिकार आफूले नखोस्ने उहाँले यसअघि नै बताइसक्नुभएको छ ।

    यसैबीच नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका एक नेता रिट लिएर सर्वाेच्च अदालत पुग्नुभएको छ ।

    कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भन्दै बागमती प्रदेश सभाका सांसदसमेत रहेका नरोत्तम बैद्य रिट लिएर सर्वोच्च पुग्नुभएको हो । कांग्रेस महाधिवेशनको प्रक्रिया भोलिदेखि सुरु हुँदैछ ।


    बिहिवार, भाद्र १७ २०७८०७:५८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij