Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सभामुखले बोलाएको बैठकमा एमाले नजाने

सभामुखले बोलाएको बैठकमा एमाले नजाने

  • सोमवार, भाद्र २८ २०७८

  • 542
    SHARES

  • सभामुखले बोलाएको  बैठकमा  एमाले  नजाने

    काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गर्ने भएको छ।सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाउनु भएको छ ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताउनु भएको छ।

    ’एमालेसँग सम्बन्धित छलफलमा अरूलाई किन बोलाउनु प¥यो भन्ने हाम्रो भनाइ हो।

    असम्बन्धित दलका नेतालाई बोलाएको बैठकमा हामी जाँदैनौं,’उहाँले भन्न्ुभयो,’अब सभामुखसँग दुई वटामात्रै विकल्प छन्, कि त हामीले कारबाही सिफारिस गरेका सांसदहरूको लिष्ट टाँस्नुप¥यो नभए मार्गप्रशस्त गर्नुप¥यो।’


    आफूले कारबाही गरेका १४ जना सांसदको सूचना नटाँसेर सभामुखले उनीहरूलाई नयाँ दल खोल्न सहज बनाइदिएको भन्दै एमालेले लगातार संसद बैठक अवरूद्ध गरिरहेको छ।

     


    सोमवार, भाद्र २८ २०७८०१:२६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij