Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालसहित तीन देशलाई कोरोना भ्याक्सिन दिन चीन सहमत

नेपालसहित तीन देशलाई कोरोना भ्याक्सिन दिन चीन सहमत

  • बिहिवार, श्रावण १५ २०७७

  • 719
    SHARES

  • नेपालसहित तीन देशलाई कोरोना भ्याक्सिन दिन चीन सहमत

    एजेन्सी । चीनले नेपालसहित तीन वटा देशका नागरिकलाई प्रवेश अनुमतिसँगै कोरोनाभाइरस (कोभिड–१९) भ्याक्सिन दिने भएको छ ।
    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने र कोरोना भ्याक्सिन पनि उपलब्ध गराउने सहमति भएको जानकारी दिएका हुन् ।

    सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेका अनलाइन छलफलमा नेपाल, पाकिस्तान र अफगानस्तानका विदेशमन्त्री सहभागी थिए । वार्ताका क्रममा विश्वव्यापी महामाहरीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध मिलेर लड्ने सहमति भएको प्रवक्ता वाङले जानकारी दिएका छन् ।

    त्यस्तै उनले कोरोनाको भ्याक्सिन पनि तीन वटा देशले सहज रुपमा पाउने विषयमा सहमति भएको जानकारी दिएका छन् । अब चीनले निर्माण गर्दै गरेको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल, पाकिस्तान र अफगानस्तानले सहज रुपमा पाउनेछन् । त्यस्तै मन्त्रीहरुले भाइरसलाई परास्त गर्न सबैभन्दा शक्तिशाली हतियार एकता र सहयोग भएको बताएका थिए ।


    बिहिवार, श्रावण १५ २०७७०४:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij