Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विद्युतीय पासोबाट करेन्ट लागेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु

विद्युतीय पासोबाट करेन्ट लागेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु

  • शनिवार, आश्विन २ २०७८

  • 1.3K
    SHARES

  • विद्युतीय पासोबाट करेन्ट लागेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु

    काठमाडौं – बर्दियामा विद्युतीय पासोबाट करेन्ट लाग्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका–३ गोदाना गाउँमा एकै घरका तीनजनाको मृत्यु भएको हो ।

    शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाही (क) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायले बताए।

    धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पुर्‍याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुई वटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो।

     


    शनिवार, आश्विन २ २०७८०७:३५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij