काठमाडौं । काठमाडौंको सीतापाइलामा गत साता एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उच्च शिक्षामा नेपाल विद्यार्थी संघले सघाउने भएको छ । एसिड आक्रमणमा परेकी कार्कीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । आज कार्कीलाई भेटेर नेविसंघका अध्यक्ष राजीव ढुंगाना सहितको टोलीले कार्कीको शिक्षामा सघाउने बताउनुभयो ।
कार्की कक्षा १२ उत्तिर्ण छिन् । कार्कीले न्याय प्राप्तिका लागि आवश्यक पर्ने सहयोग गर्न पनि नेविसंघ तयार रहेको उहाँले जानकारी दिनुभयो । नेविसंघले उच्च शिक्षामा सघाउने घोषणा गरेकोमा कार्कीले खुसी व्यक्त गर्नुभयो । परिवारसँग छलफलपछि उनको शिक्षाको जिम्मेवारी नेविसंघले लिएको हो ।
गत बिहीबार साँझ सीतापाइलामा कार्कीमाथि एसिड आक्रमण भएको थियो । उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ।