Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वभर २४ घण्टामा थपिए ४ लाख ६४ हजार संक्रमित, निको कति ?

विश्वभर २४ घण्टामा थपिए ४ लाख ६४ हजार संक्रमित, निको कति ?

  • शनिवार, आश्विन १६ २०७८

  • 926
    SHARES

  • विश्वभर २४ घण्टामा थपिए ४ लाख ६४ हजार संक्रमित, निको कति ?

    काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार १४१ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

    ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यही अवधिमा ४ लाख ३२ हजार ९७५ जना निको भएका छन् भने ७ हजार २५३ जनाको मृत्यु भएको छ ।

    थपिने संख्या लगातार अमेरिकामा सबैभन्दा छ । जहाँ एक लाख १६ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बेलायतमा ३५ हजार ५७७, टर्कीमा २८ हजार ८७३, रुसमा २४ हजार ५२२, भारतमा २३ हजार ९१६ र ब्राजिलमा १८ हजार ५७८ जना संक्रमित थपिएका छन् ।

    यस्तै अमेरिकामा ८२ हजार ३१६ जना संक्रमणमुक्त हुँदा बेलायतमा ३१ हजार, टर्कीमा २६ हजार, भारतमा २५ हजार, रुसमा १९ हजार बढी निको भएका छन् ।

    अमेरिकामा मात्रै एक हजार ८०३ जना संक्रमितको मृत्यु भएको छ । रुसमा ८८७, ब्राजिलमा ४९२, भारतमा २३३, टर्कीमा २१०, बेलायतमा १२७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

    यससँगै विश्वभर कुल संक्रमितको संख्या साढे २३ करोड नाघेको छ भने २१ करोड १७ लाख ७७ हजार ६०२ जना निको भइसकेका छन् । हालसम्मको मृतकको संख्या ४८ लाख ५ हजार ११ रहेको छ ।


    शनिवार, आश्विन १६ २०७८०७:००:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij