Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वभर थप ३ लाख बढी नयाँ कोरोना संक्रमित थपिए, निको कति भए ?

विश्वभर थप ३ लाख बढी नयाँ कोरोना संक्रमित थपिए, निको कति भए ?

  • आइतवार, आश्विन १७ २०७८

  • 568
    SHARES

  • विश्वभर थप ३ लाख बढी नयाँ कोरोना संक्रमित थपिए,  निको कति भए ?

    एजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ७१३ जना कोरोना संक्रमित थपिएका छन् ।

    सबैभन्दा धेरै अमेरिकामा ४६ हजार ४८२, बेलायतमा ३० हजार ३०१, टर्कीमा २७ हजार ९७३, रुसमा २५ हजार २१९, भारतमा २३ हजार १६१ र ब्राजिलमा १३ हजार ४६६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या विश्वभर २३ करोड ५३ लाख ९४ हजार ५२६ पुगेको छ ।

    तीमध्ये अहिलेसम्म २१ करोड २२ लाख ३ हजार ९३१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक लाख एक हजार ४६५ जना कोरोनामुक्त भएका छन् ।

    यसैगरी बेलायतमा २१ हजार भारतमा २५ हजार टर्कीमा २२ हजार रुसमा १७ हजार र ब्राजिलमा ३ हजार बढी संक्रमणमुक्त भएका छन् ।

    यही अवधिमा ५ हजार ६८२ जना संक्रमतिको मृत्यु भएको छ । मृत्युहुनेमा सबैभन्दा धेरै रुसका ८६६ जना छन् । त्यस्तै अमेरिकामा ६९०, ब्राजिलमा ४५७, भारतमा २४१, टर्कीमा २०३ र बेलायतमा १२१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

    यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४८ लाख १० हजार ८४८ पुगेको छ ।


    आइतवार, आश्विन १७ २०७८०७:३८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij