Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मन्त्रीको भाग माग्ने प्रधानन्यायाधीशविरुद्ध नेपाल बार एसोसिएसनले आन्दोलन गर्ने

मन्त्रीको भाग माग्ने प्रधानन्यायाधीशविरुद्ध नेपाल बार एसोसिएसनले आन्दोलन गर्ने

  • सोमवार, आश्विन १८ २०७८

  • 1.0K
    SHARES

  • मन्त्रीको भाग माग्ने प्रधानन्यायाधीशविरुद्ध नेपाल बार एसोसिएसनले आन्दोलन गर्ने

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्मा भाग खोजेको विषयलाई लिएर मुलुक तरंगित बनेको छ ।

    दुई पटकको संसद विघटनलाई बदर गरिदिएपछि नागरिक तहबाट वाहवाही कमाउनुभएका प्रधानन्यायाधीश राणाले त्यसबाफत मन्त्रीपरिषद्मा भागबण्डा खोजेपछि न्यायालय जगतसँगै राजनीति तरंगित बनेको हो ।

    नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोजेको समाचार सत्य हो भने त्यसलाई रोक्न सबै पक्षलाई आह्वान गरेको छ ।

    बारका महासचिव लिलामणि पौडेलले समाचारमा आएजस्तो कार्य यदि कहीँ कतैबाट हुन लागेको छ वा भइरहेको छ भने तत्काल त्यसलाई रोकी शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको सिद्धान्त र संवैधानिक सर्वोच्चता कायम राखी सुशासन कायम गर्न सम्बन्धित सबैमा आह्वान गर्नुभयो ।

    प्रधानन्यायाधीशले कार्यपालिका र अन्य संवैधानिक निकायमा भाग खोज्ने क्रियाकलापले न्यायपालिका गम्भीर संकटमा परेको महसुस भएको पनि बारले जनाएको छ ।

    यो विषयलाई सामान्य रूपमा लिई अगाडि बढ्ने प्रयास भएमा न्यायपालिका र यसको नेतृत्वमात्र होइन सरकारविरूद्ध पनि कडा विरोध र आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने महासचिव पौडेलले चेतावनी दिनुभयो ।

    यता सर्वोच्च अदालतले भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमा भागवण्डा खोजेको भन्दै आएका समाचार निराधार भएको बताएको छ ।

    मन्त्रिपरिषद् विस्तार र गठनमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेको भन्दै सर्वोच्चले आपत्ति पनि जनाएको छ ।

    सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा प्रधानन्यायाधीशलाई जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन भएको बताउनुभयो ।

    प्रधानन्यायाधीशले गरेको फैसलासमेत समाचारमा जोडेर अदालतको जनआस्था कमजोर बनाउन खोजिएको सर्वोच्चले बताएको छ ।

    आज नेपाल बार एसोसिएसनका प्रतिनिधिसँगको छलफलका क्रममा पनि प्रधानन्यायाधीश राणाले आफूमाथि निराधार आरोप लगाइएको बताउनुभएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका नेता तथा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाका जेठान गजेन्द्र हमाललाई पनि मन्त्री बनाउन प्रस्ताव गरेको विषय चुहिएपछि राजनीतिक भूकम्प गएको हो ।

    उच्च राजनीतिक श्रोतका अनुसार गठबन्धनका नेतामाँझ प्रधानमन्त्री देउवाले न्यायालयको कोटामा दुई जना मन्त्री दिनुपर्ने प्रस्ताव राख्नुभएको छ ।

    ती दुईमध्ये एक सर्वोच्चमा कनेक्सन भएका दीपक तिमिल्सिना र अर्का प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश राणा दुवैसँग ’कनेक्सन’ रहेका गजेन्द्र हमाल रहेको श्रोतको दाबी छ ।


    सोमवार, आश्विन १८ २०७८०७:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij