Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वमा एकैदिन थपिए ४ लाख कोरोना संक्रमित, निको कति ?

विश्वमा एकैदिन थपिए ४ लाख कोरोना संक्रमित, निको कति ?

  • बुधवार, आश्विन २० २०७८

  • 839
    SHARES

  • विश्वमा एकैदिन थपिए ४ लाख कोरोना संक्रमित, निको कति ?

    काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३ हजार ५६५ जना कोरोना संक्रमित थपिएका छन् ।

    ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९१ हजार ९५, बेलायतमा ३३ हजार ८६९, टर्कीमा २९ हजार ८०२, रुसमा २५ हजार ११०, ब्राजिलमा २० हजार ५२८ र भारतमा १९ हजार ३८० जना थपिएका हुन् ।

    यही अवधिमा ७ हजार ३९४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ७६१, रुसमा ८९५, ब्राजिलमा ६८६, भारतमा २८५, टर्कीमा २२८ र बेलायतमा १६६ जना रहेका छन् ।

    यही अवधिमा ४ लाख ६९ हजार ८१ जना निको भएका छन् । हालसम्म कुल संक्रमित २३ करोड ६५ लाख ६३ हजार ९६७ मध्ये २१ करोड ३६ लाख ८१ हजार २४२ जना कोरोनामुक्त भइसकेका छन् । मृत्यु हुनेको संख्या ४८ लाख ३० हजार ५७८ पुगेको छ ।


    बुधवार, आश्विन २० २०७८०६:५७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij