Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

  • शनिवार, कार्तिक ६ २०७८

  • 518
    SHARES

  • आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

    पछिल्लो २४ घण्टामा मुलुकमा ५१३ जना कोभिड संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६९३१ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ८ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ८१७ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या १० हजार ५५९ पुगेको छ । शनिबार काठमाडौंमा १५०, ललितपुरमा ३९, भक्तपुरमा २४ जना संक्रमित थपिएका छन् ।

    मुस्ताङ र मुगु जिल्लामा संक्रमण शून्य छ । काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १४ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा छ ।

    पीसीआर परीक्षण गर्दा अहिलेसम्मको संक्रमित संख्या ८ लाख ८ हजार ५३४ पुगेको छ । कूल मृत्यु ११ हजार ३४५ र निको हुने संख्या ७ लाख ८६ हजार पुगेको छ ।


    शनिवार, कार्तिक ६ २०७८०५:२२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij