Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, आज कहाँ-कहाँ पानी पर्छ ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, आज कहाँ-कहाँ पानी पर्छ ?

  • सोमवार, कार्तिक ८ २०७८

  • 955
    SHARES

  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, आज कहाँ-कहाँ पानी पर्छ ?

    काठमाडौं - नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार जसकारण आज सोमबार दिउँसो देशभर बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    सोमबार राति गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ , बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । मंगलबार तराईका भूभागमा मौसममा केही सुधार आउनेछ । देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


    सोमवार, कार्तिक ८ २०७८०६:५०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij