Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

७ सय ७६ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

७ सय ७६ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

  • सोमवार, कार्तिक ८ २०७८

  • 511
    SHARES

  • ७ सय ७६ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५०१ जना निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ७२९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ भने ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेका छन् । जसमध्ये ९ हजार ६१७ जना होम आइसोलेसनमा रहेका छन् भने ७४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५४ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन् ।

     


    सोमवार, कार्तिक ८ २०७८०५:०७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij