काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पालिका अधिवेशन उद्घाटन गर्नुभएके छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय थापाथलीबाट उहाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अधिवेशन उद्घाटन गर्नुभएको हो ।
'म केन्द्रीय कार्यालयबाट एकमुष्ट रुपमा अधिवेशन उद्घाटन भएको घोषणा गर्दछु। यस्तो अधिवेशन एकैपटक जुमको माध्यमबाट उद्घाटन गर्नु सजिलो कुरा होइन। विज्ञान र प्रविधिको माध्यमबाट यो सम्भव भएको छ,' ओलीले भन्नुभयो।
उहाले सबै अधिवेशनहरु भव्यताका साथ सफलतापूर्वक सम्पन्न हुन् भनेर शुभकामना पनि व्यक्त गर्नुभएको छ । 'अधिवेशनबाट निर्वाचित हुने सबै पदाधिकारी र पालिका र इलाका स्तरका सबै सदस्यहरुलाई अग्रिम रुपमा बधाई र शुभकामना दिन चाहन्छु,' उहाले भन्नुभयो।
यसअघि एमालेको कात्तिक ६ गते भएको वडा अधिवेशन पनि ओलीले यसैगरी उद्घाटन गर्नुभएको थियो।