Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका ४४० जना संक्रमित थपिए, ६ जनाको मृत्यु

कोरोनाका ४४० जना संक्रमित थपिए, ६ जनाको मृत्यु

  • बुधवार, कार्तिक २४ २०७८

  • 411
    SHARES

  • कोरोनाका ४४० जना संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ४७४ जना निको भएका छन् ।
    आज थपिएकासँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ । तीमध्ये ११ हजार ४६० जनाको मृत्युभएको छ भने ७ लाख ९६ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।
    मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ५ जना होम आइसोलेसनमा रहेका छन् भने ५१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये १८९ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    बुधवार, कार्तिक २४ २०७८०४:१८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij