Oct 28 2026 | २०८३, कार्तिक १२ गते

२०८३, कार्तिक १२ गते
  • यो साता चर्चामा :
images

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

  • बुधवार, कार्तिक १२ २०८३

  • 44
    SHARES

  • तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

    काठमाण्डौ । यसपालिको तिहारमा काठमाण्डौ उपत्यकामा झन्डै ५२ लाख वटा फूलका माला खपत हुने फ्लोरिकल्चर एसोसिएशन नेपालले अनुमान गरेको छ । फ्लोरिकल्चर एसोसिएशनले आज पत्रकार सम्मेलन आयोजना गरेर तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र थरीथरी फूलका ६० हजार माला खपत हुने जनाएको हो । एसोसिएशनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार ५२ लाखमध्ये ४० लाख अर्थात् झन्डै ७७ प्रतिशत माला स्वदेशी उत्पादनबाटै तयार हुने अपेक्षा छ । ५२ लाख फूलका मालाका लागि झन्डै ४८ करोड रुपैयाँको कारोबार हुने उहाँले जानकारी दिनुभयो । एसोसिएशनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । मेलामा सेल्फीसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन् । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । झन्डै ३९ हजार जनाले मेला अवलोकन गर्ने अनुमान छ ।


    बुधवार, कार्तिक १२ २०८३०६:१०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij