काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । ती मध्ये ११ हजार ४७९ जनाको मृत्यु भएको छ भने ७ लाख ९७ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ७ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ९४५ जना होम आइसोलेसनमा रहेका छन् भने ५५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १९० जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।