काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अुनसार ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २७० जना निको भएका छन् ।
आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ । तीमध्ये ११ हजार ४७८ मृत्यु भएको छ भने ७ लाख ९८ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ७७९ जना होम आइसोलेसनमा रहेका छन् भने ५३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तैे २२५ जना आईसीयू र ६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।