काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौंमा ९०, ललितपुरमा २५, झापामा २१, मोरङमा १५, रुपन्देहीमा १३, चितवनमा १२ र कास्कीमा १० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो सोही अवधिमा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ भने २६० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
आज थपिएकासँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ । तीमध्य ११ हजार ४८९ जनाको मृत्यु भएको छ भने ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।