Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेको अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

एमालेको अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

  • आइतवार, मंसिर ५ २०७८

  • 595
    SHARES

  • एमालेको अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

    काठमाडौँँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी दशौं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आइतबार (आज) रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन आयोजना गरी उनले उम्मेदवारी घोषणा गर्नुभएको हो । एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

    उम्मेदवारी घोषणा कार्यक्रममा उहाले आफूले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्त्व दिएको बताउँनुभएको छ । आफूले कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह नराखेको रावलको भनाइ छ । ’पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन । कुनै पनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्न पनि सक्दैन’, उहाले भन्नुभयो ।

    उहाले केन्द्रीय कमिटीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्नुभएको छ । ’अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु’, रावलको भनाइ छ ।

    रावलले पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्नका लागि पनि आफूले भूमिका खेल्ने बताउँनुभएको छ । उहाँले पार्टीमा हाल आफूले सोचेअनुसार काम नभए पनि निराश र हतोत्साहित नभएको बताउँनुभयो ।

    पार्टी एकताका लागि भूमिका खेलेको र १० बुँदे कार्यान्वयन गरी थप क्षति हुन नदिन लागेकाले पनि अब अध्यक्षको लागि दाबी गरेको उहाले बताउँनुभएको छ ।


    आइतवार, मंसिर ५ २०७८०३:५५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij