काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । सोमबार(आज) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलिका लागि सारिएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक मंगलबार(भोली) बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
नेताहरुको कार्यव्यस्तताका कारण बैठक सारिएको जनाइएको छ । बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताउनुभयो ।
एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ।