Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गोलाप्रथाबाट पेशी तोक्ने सम्बन्धी सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित

गोलाप्रथाबाट पेशी तोक्ने सम्बन्धी सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित

औपचारिकता दिन ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने
  • सोमवार, मंसिर ६ २०७८

  • 743
    SHARES

  • गोलाप्रथाबाट पेशी तोक्ने सम्बन्धी सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित

    काठमाडौँ । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । आज नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ ।

    सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ ।

    पछिल्लो समय सर्वोच्च अदालतमा बढेको विवादका बीच मंसिर २ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक गोलाप्रथाबाट पेसी तोक्न नियमावली संशोधन गरेको थियो । फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले झण्डै एक महिनादेखि आन्दोलन गरिरहेको छ ।


    सोमवार, मंसिर ६ २०७८०४:५०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij