Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
एमाले महाधिवेशन

रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिन महेश बस्नेतको आग्रह

रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिन महेश बस्नेतको आग्रह

सचिवमा उम्मेदवारी दिने घोषणा
  • मंगलवार, मंसिर ७ २०७८

  • 650
    SHARES

  • रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिन महेश बस्नेतको आग्रह

    काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिँदा राम्रो सन्देश नगएको बताउनुभएको छ । बस्नेतले उम्मेदवारी फिर्ता लिन रावललाई सुझाव पनि दिनुभएको छ ।

    ’हामीले अवलम्बन गरिरहेको जनवादी केन्द्रीयताको हिसाबले महाधिवेशनमा उम्मेदवारी दिन पाउने कुरा सामान्य प्रक्रिया हो’, आज रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भन्नुभयो, ’भीम रावलले अध्यक्षमा दाबी गरेर राम्रो सन्देश गएन कि भन्ने मलाई लाग्छ । मेरो सुझाव छ, उम्मेदवारी फिर्ता गरेर हिजोदेखि खेल्दै आउनुभएको भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ ।’

    उम्मेदवारी फिर्ता नगरी चुनावमा जाँदा निराश हुने र आन्दोलनलाई क्षति पु¥याउने कुरा नहोस् भनेर सचेत भएर उम्मेदवारी फिर्ता लिँदा राम्रो हुने बस्नेतको भनाइ छ ।

    रावलले वरिष्ठ उपाध्यक्ष चाहेको, त्यो नभए कम्तिमा उपाध्यक्षमा निरन्तरता हुने सुनिश्चिता खोजेको, तर त्यस खालको संकेत नपाएपछि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको ओली निकटका नेताहरुले अनौपचारिक रुपमा बताउँदै आएका थिए ।

    सोही सन्दर्भमा अध्यक्ष केपी शर्मा ओली निकट नेता बस्नेतले रावललाई उपाध्यक्षमा निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

    सोही कार्यक्रममा बस्तेतले महाधिवेशनमा आफूले सचिवमा उम्मेदवारी दिने पनि बताउनुभयो । पूर्व मन्त्री समेत रहेका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै लोकप्रिय मत ल्याएर जित्ने दाबी समेत गर्नुभयो ।


    मंगलवार, मंसिर ७ २०७८०२:२४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij