Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • बुधवार, मंसिर ८ २०७८

  • 544
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

    आज बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी ) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले बताउनुभयो । उहाले भन्नुभयो्, ‘सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन प्रधानमन्त्रीले दिनुभयो ।’

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालुभएका प्रधानमन्त्रीलाई ६ विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएको उहाको भनाइ थियो ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा दैनिक जीवन चलाएर खाने वर्गलाई सबैभन्दा बढी असर पर्ने विज्ञप्तिमा उल्लेख छ । पछिल्लो पटक इन्धनको मूल्यवृद्घिपछि विद्यार्थी संगठनहरु आन्दोलन गर्दै आएका छन् ।


    बुधवार, मंसिर ८ २०७८०३:४१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij