Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
कांग्रेसको १४औं महाधिवेशन

पाल्पा काँग्रेसमा संस्थापन इतरको हिमालदत्तको समूह नै विजयी (नतिजा सहित)

पाल्पा काँग्रेसमा संस्थापन इतरको हिमालदत्तको समूह नै विजयी (नतिजा सहित)

  • शनिवार, मंसिर ११ २०७८

  • 983
    SHARES

  • पाल्पा काँग्रेसमा संस्थापन इतरको हिमालदत्तको समूह नै विजयी (नतिजा सहित)

    पाल्पा । नेपाली काँग्रेस पाल्पाको नयाँ कार्यसमितिमा सभापति शेरबहादुर देउवा इतरका उम्मेदवारहरु मात्रै विजयी भएका छन् ।

    लोकप्रिय युवा नेता हिमालदत्त श्रेष्ठ नेतृत्वको समूहले जित हासिल गर्दा देउवा पक्षका सवै उम्मेदवार पराजित भएका छन् ।

    पार्टी मातहतका जिल्ला भित्रका सवै अधिवेशनमा देउवा पक्षका निकै थोरै मात्रै उम्मेदवारहरु विजयी भएकाले जिल्ला समितिमा उनीहरुका उम्मेदवारहरु सवै पराजित भएका हुन । देउवा पक्षले कृष्णप्रसाद बस्यालको नेतृत्वमा उम्मेदवारहरु चुनावी मैदानमा उतारेको थियो ।

    बस्याललाई श्रेष्ठले दोब्बरभन्दा बढी मतान्तरले जित्नु भएको हो । बस्यालले ३८१ मत ल्याउँदा श्रेष्ठले उहाँले भन्दा ५०९ मत बढी ८९० मत ल्याएर विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनुभयो ।

    जिल्ला कार्यसमितिमा मतदान गर्न छानिएका अधिकांश क्षेत्रीय प्रतिनिधि काँग्रेसको संस्थापन इतर समूहका भएकाले जिल्ला कार्यसमितिमा पनि उनिहरुकै पक्षका सवै उम्मेदवारले जितेका हुन ।
    श्रेष्ठको समूहलाई जिल्ला सभापतिका अन्य आकांक्षीहरु कृष्णप्रसाद अधिकारी, राजेन्द्रगोपाल श्रेष्ठलगायतले सघाउनु भएको थियो । संस्थापन इतरकै नेता मानिदै आउनु भएका यमलाल तिमिल्सीनाले भने संस्थापन इतरले आफुलाई उम्मेदवार नबनाएपछि देउवा पक्षमा लागेर बस्यालका लागि मत माग्नु भएको थियो ।

    वर्तमान जिल्ला सभापति विरबहादुर रानाको नेतृत्वको टोलीले संस्थापन इतरको शसक्त समुह बनाएपछि उनीहरुका सवै उम्मेदवारले जितेको काँग्रेस महासमिति सदस्य तथा रामपुरका मेयर रमण थापाले जानकारी दिनुभयो ।

    श्रेष्ठको समूहबाट पार्टीका वर्तमान जिल्ला सचिव तथा पत्रकार महासंघका पूर्व अध्यक्ष झपेन्द्र गहिरे र क्षेत्र नं। १ का पूर्व क्षेत्रीय सभापति ज्ञान बहादुर गाहा उपसभापतिमा निर्वाचित हुनुभएको छ ।
    त्यसैगरी जिल्ला सचिवमा क्षेत्र नं। १ कै निवर्तमान क्षेत्रीय सभापति सन्तोषकुमार थापा मगर र नेविसंघकी पूर्व जिल्ला अध्यक्ष तथा काँग्रेसकी महासमिति सदस्य सुनिता अधिकारीले जित हासिल गर्नु भएको छ ।

    त्यसैगरी सहसचिवमा मगर विद्यार्थी नेता विष्णु थापा र हामिद मिया निर्वाचित हुनुभएको छ । काँग्रेसको विधानमा उपसभापति, सचिव र सहसचिव दुई दुई जना रहने व्यवस्था छ भने कोषाध्यक्ष पछि मनोनित गर्ने व्यवस्था गरिएको छ ।

    यस्तो छ नतिजा:

    1.jpg

    2.jpg

     


    शनिवार, मंसिर ११ २०७८१२:१९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij